सातदिन लगातार घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । लगातार ७ दिन घटेको सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहको छ । 

Advertisement

Advertisement