अन्तिम समयमा फिल्डिङमा कमजोरी हुँदा भारतसँग हार्नुपर्योः कप्तान पौडेल

Advertisement

काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । 

Advertisement

उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताउँदै पौडेलले टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए । 

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको उनले बताए । पौडेलले अहिले टिम एकजुट भएर खेलिरहेको बताउँदै अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताए । 

एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

Advertisement

Advertisement