यो साता पनि सुनको मूल्यमा गिरावट, अमेरिकी डलरको विनिमय दरको उकालो यात्रा भने रोकियो

Advertisement

काठमाडौं । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् । 

विगत लामो समय देखि निरन्तर मजवुत बन्दै गएको अमेरिकी डलरको विनिमय दर भने यो साता केही कमजोर बनेको छ । अमेरिकी डलरको विनिमय दर थप कमजोर वन्दै गएको खण्डमा त्यसको प्रभाव सुन बजारमा देखिन सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् ।

Advertisement

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार ५ सय ९५ रुपियाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९१ हजार ९ सय ९० रुपैयाँमा झर्र्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ६ सय ५ रुपियाँँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार १ सय ६६ रुपियाँँमा कारोबारभएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २३ रुपियाँमा झरेको छ । 

Advertisement

Advertisement