पाकिस्तानी कान्छा आरोही शेरोज र बेलायतकी एड्रियानाले चढिन चो ओयु

Advertisement

काठमाडौं । पाकिस्तानी कान्छा आरोही शेरोज काशिफ र बेलायतकी आरोही एड्रियाना ब्राउनलीले विश्वको छैटौं (८,१८८ मिटर) अग्लो हिमाल चोयु हिमालको आरोहणका छन् । 

दुवैले आज (शुक्रबार) बिहान १०ः३० बजे चो ओयु चढेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । कलिलो उमेरदेखि नै हिमाल चढ्न थालेका काशिफले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने दोडमा छन् । 

Advertisement

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुमध्ये अब उनले आरोहण गर्न एउटा मात्र बाँकी रहेको छ । उक्त हिमालको सफल आरोहणसँगै शेरोज काशिफ पाकिस्तानी कान्छा आरोही बने छ ।  

त्यस्तै, एड्रियाना विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छी महिला आरोही बन्ने दौडमा छिन् । उनले अहिलेसम्म ११ वटा हिमाल आरोहण गरिसकेकी छन् । 

एड्रियानाले सगरमाथा, केटु, मनास्लु, मकालु, ल्होत्से, अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरी, नाङगापर्वत, ब्रोडपिक र चो ओयु हिमालहरुको सफल आरोहण गरी सकेका छिन् । अब उनले सिसापाङ चढ्न बाँकी रहेको छ ।

Advertisement

Advertisement