गाजापट्टीबाट रकेट हमलापछि इजराइली सेनाद्वारा ‘युद्धका लागि तयारी’को घोषणा, चारको मृत्यु

Advertisement

तेल अभिभ, इजराइल (एएनआई) । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ)ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई)ले जनाएको छ ।     
     
‘इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ’, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।’     
     
आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।     
     
यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो ।     
     
‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेबारी बहन गर्नेछ’, आईडीएफले भनेको छ ।     
     
यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिनुभएको छ ।     

यसैगरी, गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ ।  टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।     
     
कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।  दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।     
     
समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।   

Advertisement

Advertisement

Advertisement