शिशापाङ हिमपहिरामा दुई जनाको मृत्यु, दुई बेपत्ता, कामिरितालगायतका आरोही घाइते

Advertisement

काठमाडौं । शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भएको छ भने अर्की एक महिला आरोही र शेर्पा गाइड बेपत्ता भएका छन् । 

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाका अनुसार हिमपहिरोमा परी अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड मिङमार शेर्पाको मृत्यु भएको छ भने अमेरिकी आरोही जिना मारिया र उनका शेर्पा गाइड तेन्जेन लामा शेर्पा बेपत्ता भएका छन् । 

Advertisement

उनीहरुको खोजीकार्य भइरहेको सेभेन समिटका शेर्पाले बताए । तेन्जेन लामा शेर्पा र नर्वेकी क्रिस्टिन हरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए । 

त्यस्तै, कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा भने घाइते भएका छन् । तिब्बततर्फ रहेको यो हिमालमा शनिबार दिउसो पहिरो जाँदा मानवीय क्षति भएको हो । आज बझाङमा भूकम्पको कडा धक्का महशुल भएको थियो । सो क्षेत्रमा चार दिनयता एक दर्जनभन्दा धेरै भूकम्पका धक्का महशुल भएका छन् । 

Advertisement

Advertisement