एनआरएनएको महासचिवमा गौरीराज जोशीको उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं ।  गैर आवासीय नेपाल संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । 

‘सबल एनआरएनए सक्षम नेतृत्व, मुलुकसँग जोड्ने हाम्रो दायित्व’ भन्ने नारासहित जोशीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

Advertisement

नेपालको लमजुङ जिल्ला घर भएका उनी हाल अमेरिकाको टेक्सास निवासी हुन् । अमेरिकामा नेपाली समुदायमा परिचित उनी एनआरएनएको महासचिव पदका लागि उपयुक्त उम्मेदवार भएको कोलोराडो निवासी बाशुदेव खनालले बताए ।    

एनआरएनएको ११औं विश्व सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त सम्मेलनले सन् २०२३–२०२५ का लागि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिमा नयाँ नेतृत्व चयन गर्दैछ । 

Advertisement

Advertisement