मुक्तिनाथ विकास बैंकले ईभी स्कुटरहरु किन्दा विशेष छुट दिने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र  एक्सेन्जमा समेत छुट  प्राप्त गर्न सक्नेछन् । 

Advertisement

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीजा नेटबर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 
 

Advertisement

Advertisement