सबै ‘प्रोडक्ट’को तुरुन्तै ‘रि–प्राइसिङ’ नगरे बीमा कम्पनीहरु टाँट पल्टिन्छन्ः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुले बीमाशूल्कमा ‘रि प्राइसिङ’ (पुनःशुल्क निर्धारण)मा बिलम्ब गरे उनीहरु टाट पल्टिने प्रतिक्रिया दिएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरुको प्रोडक्टहरु पूरानो भएकाले बिक्री हुन छोडेको र सोही कारण कम्पनीहरुको नाफासँगै बोनस दर पनि घट्ने स्थिति सिर्जना भएको भन्दै ‘रि–प्राइसिङ’को विकल्प नरहेको बताए । 

Advertisement

सिलवालले भने, ‘हामीले तुरुन्तै ‘रि–प्राइसिङ’ गर्नु भनेका हौं । अहिलेका प्रोडक्टहरु सबै घाटामा छन् । कम्पनीका पहिले चलेका प्रोडक्ट पनि अहिले घाटामा गएका छन् । यो समस्या हामीले पहिचान गरिसकेको अवस्था छ । ‘रि–प्राइसिङ’ गर्नु भनेको बीमाशुल्क एकदमै धेरै बनाउ भन्न खोजेको पनि होइन् । कमसेकम बीमा कम्पनीहरु सावाँको सावाँमा त बस्नु पर्यो नि । अहिले घाटै खाएको स्थिति छ ।’

अध्यक्ष सिलवालको थप भनाईः 
मैले भनेको त बीमा कम्पनीको हितको लागि हो । नियामकले भनेको मानेन भने त बीमा कम्पनी टाँट पल्टिदैन ? उनीहरुकै हितको लागि मैले भन्ने हो । अहिले त के भन्ने सामान्य क्यापबाट पनि व्यवसाय खस्केको छ । यसले समग्र बिजनेशमा प्रभाव पारेको छ । यस्तो बेलामा बोनस दर घट्ने नै भयो । त्यसकारणले हामीले ‘रि–प्राइसिङ’ गर भनेको ।  

सधै एकनाशको बजार छैन् । बेलैमा विचार गर पनि भन्न खोजेको हो हामीले । जस्तो तपाइँले ६० रुपियाँ बोनस दिइरहनुभएको छ भने अब एकैचोटी ५० मा झर्नुपर्ने दिन आइरहेको छ । हाम्रा कम्पनीलाई कतिमा पोलिसि लोड गर्ने र यो कहिले एक्सपायर हुन्छ भन्ने कुराको समेत केही पनि ज्ञान नै रहेन छ । यस्तो बेलामा प्रोडक्ट घाटामा जानु सामान्य कुरा भयो । अरुभन्दा पनि बीमितले पाउने बोनस पनि घट्ने भयो । घाटामा प्रोडक्ट बेचेर कुनै बीमा कम्पनीले सर्भाइभ गर्छौं भन्छ भने ‘रि–प्राइसिङ’ नगर्दा हुन्छ । यो त असम्भव हो । बेकारकै कुरा मात्र हो  । 

आफ्नो कर्मचारी खर्च, प्रशासन खर्च र दुनियाँ खर्च नभई त बीमा कम्पनी चल्दैन । ‘रि–प्राइसिङ’ भनेको आवश्यकत हो । हाम्रा कम्पनीहरु भनेको रैथाने भए । यिनीहरु आफै त नयाँ, इनोभेटिम प्रोडक्टमा जाँदैजाँदैनन् । छ महिनाको समयमा पनि पोलिसि ल्याउन नसक्ने कम्पनी पनि यहीं छन् । त्यस्तै कम्पनीले त हो बजार चौपट गर्ने । जे मन लाग्यो त्यही गर्ने । त्यसकारणले नियामकले ‘रि–प्राइसिङ’ गरेर ल्याउ भनेपछि ल्याउ । ल्याएन भने म पोलिसि बन्द गर्दिन्छु । एउटा पोलिसिमा आएको घाटाले पूरा बीमितको बोसनमा असर परेको अवस्था छ । हामीले त्यस्ता किसिमका पोलिसि बन्द गर्नुपर्छ । 

‘रि–प्राइसिङ’ तत्काल कति सम्भव छ ?
लाग्नु पर्यौ नि । तलब खान सम्भव छ । हतार हतार भत्ता खान सम्भव छ । विदेश घुम्न पनि सीईओहरु गइरहेका छन् । त्यो पनि सम्भव छ । म त भन्छु सीईओको काम के ? आफूले आफैलाई जगाउनु पर्यो ।

Advertisement