भायानेटले बार्षिकोत्सवको अवसरमा ल्यायो विशेष अफर

Advertisement

काठमाडौं । भायानेट कम्युनिकेसनले सेवा प्रदान गर्न शुरु गरेको २४ वर्ष पूरा भएको छ । 

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको जनाएको छ । 

Advertisement

कम्पनीले २४औँ वार्षिक उत्सबको अवसरमा, विशेष अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३(महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउने छन् । यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउने छन् । 

त्यस्तै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ, उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले निःसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।


 


 

Advertisement