अबका आर्थिक नीति रोजगारी बढाउनेमा लक्षित हुनुपर्छः मन्त्री रिजाल

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार, पर्यटन र निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताएका छन् । 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल पत्रकार महासंघ र नेपाल बिजनेस इन्स्टिच्यूटद्वारा आज आयोजित रिपोर्ट सार्वजनिक र पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Advertisement

उनले मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरण जस्ता कार्यक्रममा सरकारले प्राथमिकता दिएको बताए । 

सरकारका विभिन्न प्रयासका बाबजुद कोभिड १९ लगायतका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्तारचढावका कारण देशभित्रका आर्थिक गतिविधि सुस्त हुँदा राजश्व संकलन र पुँजीगत खर्चमा कमी आएको बताए । उनले वैकल्पिक रोजागारीका लागि अबका आर्थिक नीतिहरु लक्षित हुनुपर्ने बताए । 

युवाको लागि उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा कर्जामा दिइएको अनुदान कार्यको निरन्तरता, एवं कृषि पर्यटन, जलश्रोत, वन, जडिबुडी र खनिजलाई आधार बनाइ उद्यमशीलता विकास तालिम सहुलियतपूर्ण कर्जाको सहज वातावरण निर्माण गरी युवा उद्यमशीलतालाई माथि उठाउने नीति कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वन र कृषि क्षेत्रमा सुधार गरेर मात्रै देशको आर्थिक अवस्था सुदृढ हुने बताए । उनले कृषि र वन क्षेत्रलाई व्यवस्थित नबनाइकन देशले फड्को मार्न नसक्ने बताए ।अध्यक्ष गोल्यानले कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुनु राम्रो नभएको बताए ।

उक्त अवसरमा गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । 

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड थियो ।

कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्ष्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए ।  

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारेका थिए । यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले आर्थिक पत्रकारहरुलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए । 

त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गरिकी थिइन् ।  

सिबिफिनका सचिव कुशप्रसाद मल्लीले सञ्चालन गरेको उक्त कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सञ्चालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष, नेपाल वित्तीय संस्था संघका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका नेतृत्वगण तथा प्रतिनिधि, बैंकर्स, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

कर्पोरेटनेपालकर्मी बोलखेसहित १५ पत्रकार पुरस्कृत

समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्ष्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई उद्योगमन्त्री रिजालको हातबाट नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

undefined

प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलखे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः नगद रु. एक लाख, रु.७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । 

undefined

थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु कमलबहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मतबहादुर नेपाली र वेणुप्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद रु. १० हजार र प्रमाणपत्र प्राप्त गरे । 
 
 

Advertisement

Advertisement