जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

Advertisement

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । 

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । 

Advertisement

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थानाभर्यांगमा सञ्चालनमा ल्याएको छ  ।

जसको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, हेटाडा च्याम्बर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदरप्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।   

यसको शुरुवातसँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् । नु

Advertisement

Advertisement