नेबिकोको पिनट बटर कुकिज बजारमा

Advertisement

काठमाडौं । नेबिको प्रालिले बिजया दशमीको अवसर पारेर अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ ।  

नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको ।  कम्पनीले हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्थापित गर्न सफल भएको ब्राण्ड एण्ड मार्केटिङ हेड अरुण पौडेलले बताए ।  

Advertisement

बिस्कुट, कुकिज, कन्फेक्सनरी र सेरेल्स गरी विभिन्न उत्पादनमा आफ्ना उत्कृष्ट उत्पादन बजारमा बिक्रि वितरण गर्दै आएको छ ।

नेबिकोले हालै मात्र बजारमा ल्याएको ब्राण्ड हो पिनट बटर कुकिज । जसको एफआरपी ५० रुपियाँ तोकिएको छ, तौल १२० ग्राम छ । 

यस्मा प्राकृतिक बदाम र बदामको तेलको राम्रो समिश्रण रहेको छ र यो समिश्रण उपभोक्ताको स्वास्थको लागि चाहिने एउटा अत्यावाशक खाध्य भिटामिन र लावक्ष्यको समिश्रण हो । 

आकर्षक प्यकेजीङ्गमा तयार गरिएको सो ब्राण्ड केहि नौलो स्वादमा हुनेछ । विस्तारै यसले आफ्नो बजार बनाउनेछ, उपभोक्ताको मन फेरिपनि जित्नेछ भन्नेमा कम्पनी विश्वास्त रहेको छ ।  
 

Advertisement

Advertisement