मजदुरहरुले गरेको व्यवहार आपत्तिजनक छः सीजी ग्रुप

Advertisement

काठमाडौं । सीजी ब्रुअरी प्रालि व्यवस्थापनका कर्मचारीहरुमाथि मजदुरहरुले गरेको अभद्र व्यवहारप्रति आपत्ति जनाइएको छ । 

कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

Advertisement

‘देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन् । र, यस्ता गैर कानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराईन्छ ।’, विज्ञप्तिमा लेखिएको छ । 

undefined
 

Advertisement

Advertisement