चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान
file photo

Advertisement

चीन । पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । 

सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको  कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको त्यहाँको भन्सार कार्यालयको भनाइ छ ।

Advertisement

यस अवधिमा सहरका निजी उद्यमहरूले बीआरआई साझेदार मुलुकसँग गरेको कारोबारको योगदान सन् २०१३ मा ५४ अर्ब ७८ करोड युआनबाट बढेर ५४।७८ सन् २०२२ मा एक खर्ब ४२ अर्ब युआन पुगेको छ । 

उल्लेख्यरूपमा बीआरआई साझेदार राष्ट्रहरूबाट तियान्जिनको स्वचालित तथ्याङ्क प्रशोधन उपकरण र यसका पार्टपुर्जाहरूको आयात मूल्य सन् २०१३ मा रेकर्ड गरिएको तुलनामा २०२२ मा चार सय ८० प्रतिशतले बढेको छ ।

यस अवधिमा बीआरआई साझेदार राष्ट्रहरूमा सहरको प्रमुख निर्यातमा मेकानिकल र विद्युतीय उत्पादनहरु थिए । साझेदार राष्ट्रहरूमा लिथियम आयन ब्याट्री, सौर्यसेल र विद्युतीय सवारी साधनको कूल निर्यात मूल्य विगत दश वर्षमा औसत वार्षिक १७ दशमलव नौ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । रासस–सिन्ह्वा 

Advertisement

Advertisement