दशैं मनाइरहेका लघुबीमाका सीईओको सुझाव– दक्षिणा फजुल खर्च नगर्नु, बरु बीमा गर्नुस्

Advertisement

काठमाडौं । लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले यतिबेला आ–आफ्नो ढंगले दशैं मनाउँदै छन् । उनीहरुले दशैंसँग बीमालाई जोड्दै थोरै रकममा पनि लघुबीमामा जोडिनसकिने भएकाले दशैंको दक्षिणाबाट बीमा गर्न सुझाव दिएका छन् । 

रकम फजुल खर्च गर्नुभन्दा त्यसलाई उपयुक्त ठाउँमा लगानी गर्नुपर्ने सीईओहरुको सुझाव भनाई छ । कुन लघुबीमा कम्पनीको सीईओले कसरी मनाउँदै छन् दशै ?

Advertisement

विराटनगर प्रधान कार्यालय रहेको गार्डियन लाइफ इन्स्योरेन्सको सीईओ चिरायु भण्डारी दशैं मनाउन काठमाडौंमा छन् । कामको सिलसिलामा विराटनगर पुगे पनि दशै मनाउन उनी अहिले घर आएका हुन् । 

भण्डारीले भन्छन् ‘थुप्रै दशैं मनाइसक्कियो । अझै पनि दशैंभन्दा छुट्टै रमाइलो लाग्छ । अहिले म दशैं मनाउन विगतका बर्षहरुमा जस्तै काठमाडौंमा छु । काठमाडौं उपत्यका धेरै वटा भगवती, कालिका मन्दिरहरुमा पुगिराखेको छु ।’

उनले दक्षिणकाली, पलाञ्चोक भगवती लगायतका मन्दिरमा दर्शन गर्न पुगेको सुनाए । भण्डारीले आफ्ना आमा, सानिआमा, माइलो बुबा र माइली आमासँग आज टीका थाप्ने बताए । उनले आफ्ना सबै स्टमित्रहरु काठमाडौंमै रहेकाले बताए ।  

चितवनमा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र रिमाल पनि दशैं मनाउन काठमाडौं उपत्यकामा नै छन् । केही दिन अगाडी घुमघामका लागि निस्किएका रिमाल अहिले भने घरमै पुगेका छन् । उनले आफ्नो परिवारका सदस्यहरुको साथमा नेपालकै केही ठाउँहरु घुमेका हुन् । 

रिमालले आज घरमा आफ्नो बुबा, आमा, काकाहरुको हातबाट टीका थाप्दैटन् । आफ्नो कार्यव्यस्तताबाट छुट्टि पाइने भएकाले उनलाई दशैं निकै मन पर्न पर्छ । छुट्टिको समयमा आफन्तहरुसँगको भेटघाटबाट फ्रेस भएर फेरि आफ्नो दैनिक कार्यमा फर्किँदा ताजकी अनुभव हुने उनको अनुभव छ । 

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश रोक्का अहिले पूरानो नैकापमा दशैं मनाउँदै छन् । उनी काठमाडौंकै रैथाने हुन भने मामाघर, ससुराली पनि काठमाडौंमा नै भएकाले काडमाडौं उपत्यका बाहिर गइरहनुपर्ने बाध्यता छैन् । 

रोक्काले दशैंको बेलामा देश बाहिर पुगेका नेपालीहरु समेत स्वदेश फर्किने भएकाले आफूलाई देश छाडेर कतै जान मन नलाग्ने सुनाए । उनले आफू आफ्नै घरभित्र रम्ने गर्दै आएको र यसपाली पनि सोही हिसाबमा दशैं मनाइरहेको बताए । 

स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्व तिमिलासँग भने फोन सम्पर्क हुन सकेन् । 

Advertisement

Advertisement