सेरेसको नयाँ शोरुम ललितपुरको थासिखेलमा

Advertisement

ललितपुर । विद्युतीय सवारी साधन ब्राण्ड सेरेसले  ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो संजाललाई बलियो बनाएको छ। 

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो ।

Advertisement

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । 

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिती रहेको उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु ,सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारीले र  निर्देशक यशोदा लक्ष्मी आचार्य आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए ।

undefined

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९,९९,०००/– र रु ५२,९९,०००/– बाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछ । लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन, र टप ट्रिम–२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/–, रु १६,४९,०००/– र रु १७,९९,०००/– रहेका छन् ।

Advertisement

Advertisement