राजेश अग्रवालको आरएमसी फुडले भाटभटेनी ब्राण्डको तेल बजारमा ल्याउने

Advertisement

काठमाडौं । आएमसी फुड प्रा.लि.ले भाटभटेनी ब्राण्डको तेल नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले उक्त ब्राण्डको तेल उत्पादन गर्न ट्रेडमार्क अनुमति लिएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहेका व्यवसायी राजेश अग्रवालको उक्त कम्पनीले बाराको जितपुर उपमहानगरपालिकाको वडा नम्बर ८ मा उद्योग स्थापना गरेको छ । तेल उद्योगका लागि कम्पनीले ७३ करोड रुपियाँभन्दा धेरै रकम खर्चिएको जनाएको छ । 

Advertisement

यसअघि अग्रवालको यो कम्पनीले न्यूटिप्लस तेल उत्पादन गरिरहेको छ । अब भाटभटेनी ब्राण्डको नाममा छ प्रकारका तेल उत्पादन गर्नेछ । कम्पनीले छ प्रकारका ट्रेडमार्कको लागि आवेदन दिएकोमा सबैले अनुमति पाएको हो । आरएमसी फुडले पाएको ट्रेडमार्क औद्योगिक बुलेटिनमा समेत प्रकाशित भइसकेको छ ।

कम्पनीका अनुसार भाटभटेनी रिफाइन पामोलिन तेल, भाटभटेनी पामोलिन तेल, भाटभटेनी प्रशोधित सोयाबिन तेल, भाटभटेनी प्रशोधित सूर्यमुखी तेल, भाटभटेनी रिफाइन सनफ्लावर तेल र भाटभटेनी सोयबिन तेल उत्पादन गर्नेछ । 

उद्योग विभागमा भाटभटेनी नामको तेललाई ट्रेडमार्क दिने कि नदिने ? भन्ने विषयमा लामो छलफल भएको थियो । छलफलमा भाटभटेनी नामको सुपरमार्केट भए पनि तेल उत्पादनमा नभएको भन्दै विभागले ट्रेडमार्क दिने निर्णय गरेको हो । 

व्यवसायी मिनबहादुर गुरुङले देशका विभिन्न स्थानमा शाखा खोली भाटभटेनी सुपर मार्केट सञ्चालन गरिरहेका छन् । यदि चर्चित नामलाई लिँदै अग्रवालले तेल बजारमा ल्याउन लागेका हुन् । 

भारतमा भन्दा भन्सार महसुल नेपालमा सस्तो पर्ने भएपछि नेपाली उद्योगीहरु तेल उद्योगमा लगानी बढाउन हौसिएका छन् । तेल नेपालको प्रमुख निर्यात वस्तु भनेर चिनिए पनि नेपालको आफ्नै उत्पादन भने होइन । तेस्रो देशबाट तेल आयात गरी भारत पठाउने गरिन्छ । 

undefined

Advertisement

Advertisement