तास खेल्न खासै आउँदैन्, तर तिहारमा साथीहरुले आग्रह गर्दा साथ भने दिन्छुः सीईओ पौडेल

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल यस बर्षको तिहार गृहजिल्ला चितवनमा मनाउँदै छन् । 

जीवन बीमक संघका अध्यक्षसमेत रहेका उनी बहिनीसँग टीका लगाउन चितवन गएका हुन् । पौडेल भन्छन्, ‘प्रायः हामीले तिहार चितवनमा नै मनाउँदैछौं । अहिले सबै जनाको बसाई काठमाडौंमै छौंं । आफ्नो परिवारसँग आफ्नो लोकल ठाउँ घुम्दैछौं ।’ 

Advertisement

सीईओ पौडेललाई सानैदेखि लक्ष्मी पूजा मनपर्छ । उनले श्रीमान श्रीमती एकसाथ मिलेर लक्ष्मी पूजा गर्ने चलन बसाएको बताए । 

देउसी भैलोमा निकै रुची राख्ने पौडेल साना हुँदा देउसी भैलो खेलेको अनुभव सुनाए । आफ्नो गाउँ ठाउँमा स्थानीय युवा क्लबहरु खोलेको स्मरण गर्दै आफ्नो गाउँ ठाउँमा, स्कुलमा खेलेको देउसी भैलो चौपट्टै याद आउने गर्छ भने । 

पौडेलले भने, ‘त्यति बेला साथीहरुले सामाजिक कार्यका लागि पनि देउसी भैलो खेल्थे । साँस्कृतिक हिसावले पनि खेल्थे । भर्खरका बालबच्चा केटाकटीहरु मिलेर खेल्थे । हरेक वर्ष केही न केही कार्यक्रम आयोजना गरिन्थ्यो । अहिले त यो कुराहरु कम हुँदै गएको छ । तर त्यति बेला हाम्रो समूहले चाडपर्वमा गर्ने गतिविधि झल्झल्ती याद आउँछ ।’ 

आफूहरुले देउसी भैलोबाट उठाएको रकम बढी स्थानीय स्कुल, युवा क्लबका लागि हुने गरे पनि कहिलेकाहीं वनभोज जाने गर्थ्यौं भन्दै सीईओ पौडेलले अहिले कामको सिलसिलामा देशका विभिन्न भाग र विदेशमा समेत घुम्ने मौका पाए पनि स्कुले जीवन र बाल्यकालको रमाइलो कहिले भुल्न नसक्ने बताए । 

तिहारको समयमा दिदीबहिनीलाई दक्षिणा तथा उपहार आदानप्रदान गर्ने, घर, टोल छिमेक सरसफाई गर्ने, बत्ति बाल्ने, देउसी भैलो खेल्ने जस्ता परम्परा हाम्रो सम्पत्ति हो भन्दै उनले यसले घर तथा समाजमा सदभाव र भाइचारा बढाउन, आत्मियता बढाउन सहयोग पुग्ने बताए । पौडेलले दक्षिणाको रुपमा पैसा मात्र नभई आर्शिवाद पनि आदान प्रदान हुने भएकाले उक्त परम्परा आफूलाई निकै मन पर्ने बताए । 

सीईओ पौडेलले भने, ‘देउसी भैलो खेल्न छोडेको पनि निकै लामो समय भइसक्यो । पछिल्लो पटक खेलेको पनि करिव एक दशकभन्दा बढी भयो । यस्ता देउसी भैलोको आफ्नै रमाइलो छ । अर्थ छ । महत्व छ । दशैं तिहार, छट, इद जस्ता विभिन्न चाडपर्वको आ–आफ्नै महत्व छ । अहिले तिहार मनाउँदै छौं हामी । कतिपयलाई चाडपर्वको बेलामा आफ्नो गाउँ ठाउँ मन पर्छ । कतिलाई शहरी क्षेत्रको झिलिमिली र रमझम पन पर्छ होला । राजधानी काठमाडौंको माहौलले पनि आकर्षण गर्ने गर्छ कतिलाई । मलाई चाहिँ गाउँ नै रमाइलो लाग्छ ।’

दशैंको तुलनामा तिहारमा काठमाडौंमा झिलिमिली धेरै हुने भएकाले काठमाडौं पनि राम्रो देखिने उनले बताए । पौडेलले चितवन राजधानीबाट खासै टाढा नरहेकाले तिहारमा पनि सकेसम्म गाउँ नै आउने गर्छु भन्दै गाउँको आनन्द छुट्टै हुने बताए । तर जुवातास खेल्न आफूले खासै नजान्ने उनले बताए । यद्यपि साथीहरुको आग्रहमा कहिलेकाहीं साथ भने दिने गरेको स्वीकार गरे । जुवा तासमा मात्रै रमाउने केही आफ्ना आफन्तलाई प्रहरीले पक्राउ गरी लगेको पौडेलले सम्झिए । 

तिहारमा पटका पड्काउने, झिलिमिलि बाल्ने कुरा रमाइलो भए पनि जोखिमपूर्ण हुने बताउँदै सीईओ पौडेलले यस्तो चलन पहिला आफ्नो पालामा नरहेको बताए । तर घरपरिवारका सदस्य मिलेर तिहारमा घर रंगीचंगी बनाउने, सफासुग्गर बनाउन आफूलाई रुची लाग्ने उनले बताए । 

पौडेलले भने, ‘घरमा सबै मिलेर एकै ठाउँमा खाना पकाउने, खाने, आफ्ना अनुभव साटासाट गर्ने नेपाली परम्परालाई आत्मसाथ तिहार मनाउँदै छौं । यही नै त हो तिहारको रमाइलो ।’

Advertisement

Advertisement