पहिलो त्रैमासमा एलआईसी नेपालले संकलन गर्यो ४ अर्ब ५१ करोड बीमाशुल्क, नाफामा उल्लेख्य वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतीय लगानीको जीवन बीमा कम्पनी एलआईसी नेपालले पाँच करोड ९७ लाख रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ । 

देशको विषम आर्थिक अवस्थाका बीच पनि कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बर्ष उल्लेखनीय बढी नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड १६ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो ।

Advertisement

समीक्षा अवधिमा चार अर्ब ५१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको एलआईसी नेपालको चुक्ता पुँजी दुई अर्ब ६५ करोड रुपियाँ रहेको छ । हकप्रद शेयर निष्काशन गरेर नियामक निकायले तोकेको पाँच अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन पनि कम्पनीले अनुमति पाइसकेको अवस्था छ । 

जीवन बीमा कोषमा एक खर्ब १० अर्ब रुपियाँ रहेको एलआईसी नेपालले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।
 

Advertisement

Advertisement