बतास एमएडब्लूद्वारा आइशर गाडीका लागि सर्भिस क्याम्प शुरु

Advertisement

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ । 

यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् । उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, बिरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् । 

Advertisement

त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् । 

यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्नेछन् । 

यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निःशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement