इजिप्टले सन् २०२८ सम्ममा वार्षिक ३० लाख चिनियाँ पर्यटक भित्राउने

Advertisement

काठमाडौं । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३० लाख चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ । 

इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराए । इजिप्टमा हाल प्रति हप्ता चार हजारदेखि पाँच हजार चिनियाँ पर्यटक आउने गर्दछन् । चिनियाँ आगन्तुकहरूको बढ्दो संख्यालाई व्यवस्थापन गर्न थप उडान र होटल कोठा आवश्यक पर्ने इसाले बताए । 

Advertisement

कोरोना महामारीको प्रकोपअघि २०१९ मा चीनमा १५ करोड विदेशी पर्यटक थिए । इस्साकाअनुसार इजिप्टले सन् २ हजारमा विदेशी पर्यटकको संख्या रेकर्ड गर्न थालेदेखि एकै वर्षमा चिनियाँ पर्यटकको संख्या ३ लाख नाघेको छैन ।

इसाले इजिप्टमा चिनियाँ पर्यटकको थप वृद्धि इजिप्टको पर्यटन मन्त्रालय र चिनियाँ समकक्षीका साथै चिनियाँ लगानीकर्ता र टुर अपरेटरहरूबीचको सहकार्यबाट हासिल गर्न सकिने बताए । 

आधिकारिक तथ्याङ्कले देखाउँछ कि इजिप्टमा पर्यटक संख्या २०१९ मा १ करोड ३० लाखबाट २०२० मा ३.७ मिलियनमा झरेको थियो । जुन २०२१ मा क्रमशः ८० लाखमा पुग्यो र २०२२ मा बढेर ११.७ मिलियनमा पुगेको थियो । सिन्ह्वा–नान

Advertisement

Advertisement