मोवाइलमा एमडीएमएस लागू गर्दा विदेशी पर्यटकहरुलाई झन्झट भयोः पर्यटन व्यवसायी

Advertisement

काठमाडौं । मोवाइलको अवैध चोरी पैठारी रोक्न र यसको अवैध सञ्चालनलाई नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको ‘एमडीएमएस’ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम) पर्यटकहरुले झन्झट मान्ने गरेको पर्यटन व्यवसायीहरुले दावी गरेका छन् । 

नेपाल आउने पर्यटकहरुले मोवाइल फोन चलाउन यो सिस्टममा आफ्नो फोन दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नभएको फोन चल्दैन् । कतिपय छोटो समयका लागि आउने र फोन दर्ता भएर चल्न नै समय लाग्ने गर्दा पर्यटकहरुले झन्झट मान्ने गरेको व्यवसायीहरुको तर्क छ । यहीं भएका पर्यटकहरुलाई समेत यसबारे जानकारी नहुँदा उनीहरुको मोवाइल चल्न नसकेको गुनासो छ । 

Advertisement

पछिल्लो समयमा पर्यटक आगमन केही बढेर गएको छ । पर्यटक बढ्दा गुनासो पनि बढेको भन्दै उनीहरुले पर्यटकहरुको हकमा यो सिस्टममा मोवाइल फोन दर्ता गर्नुपर्ने बाध्यता हटाउनुपर्ने वा सहज बनाउनुपर्ने बताए । यो समस्या समाधान नभए यसले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने र पर्यटक आगमन प्रभावित हुनसक्ने व्यवसायी बताउँछन् । 

एमडीएमएस लागू भएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाइएको प्राधिकरणको भनाई छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले एमडीएमएस लागू गर्दा विदेशी पर्यटकलाई समस्या हुने गरेको बताए ।पर्यटकहरुले नेपाल आउँदा आफूले ल्याएको फोन सञ्चालन नहुने र सहजरुपमा एमडीएमएसमा दर्ता हुने व्यवस्था नरहेको बताए । उनले यस्तो हुँदा पर्यटकको नेपालप्रतिको दृष्टिकोण राम्रो नहुने बताउँदै यसबाट पर्यटक आगमनमा कमी आउने चिन्ता प्रकट गरे ।  

बाँस्तोलाले भने, ‘जस्तो हामी पनि भोलिका दिनमा विदेश जाँदा आफूसँग लगेको फोन चलेन, त्यहाँ पनि यस्तै झन्झटिलो सिस्टम भयो भने नमज्जा लाग्छ । अवैध फोनलाई नियन्त्रण गर्ने धेरै तरिका हुन्छ । तर पर्यटकले असहज महशुल गर्ने अवस्था बनाउनु हुन्थेन । धेरै गुनासो आएको छ पर्यटकको ।’ 

आफ्नो फोन हुँदाहुँदै एक–डेढ हप्ताका लागि नेपाल घुम्न आएको पर्यटकले नयाँ फोन किन्दैन भन्दै उनले सामान्य ढंगले उनीहरुले सिम किनेर मोवाइल चलाउनसक्ने व्यवस्था सरकारले गरिदिनुपर्ने बताए । पर्यटकले सिमकार्ड, रिचार्जकार्ड, इन्टरनेटको डाटा किनेर चलाउँदै सरकारलाई नै फाइदा हुने भएकाले यस्तो कुरामा सरकारले असहज व्यवस्था गर्न नहुने बाँस्तोलाको भनाई छ । साथै, उनले नेपालको फोनमा कुरा गर्दा र इन्टरनेट चलाउँदा गुणस्तरको निकै धेरै समस्या झेल्ने गरेको पनि बताए । 

होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले पनि सरकारले लागू गरेको एमडीएमएस सुरक्षाको हिसाबले ठिक भए पनि पर्यटकको फोन सिमकार्ड हाल्दा चलेन भने सुरुमै नकारात्मक प्रभाव पर्ने बताए ।  

उनले भने, ‘हामी नेपालमा यो छ, यस्तो छ । भनेर पर्यटनलाई आउन प्रोत्साहन गर्छौं । सोहीअनुसार उनीहरु आउँछन् । उनीहरु आउनासाथै आफूले ल्याएको फोन फोन नचल्दा सुरुमै नकारात्मक प्रभाव पर्छ । उनीहरु फर्किएर गएपछि त्यही सन्देश जान्छ । नयाँ आउने पर्यटक आउने कि नआउने ? दोधारमा पर्छन् । यो अवस्था आउनु भएन् । अवैध मोवाइललाई पनि नियन्त्रण गर्नुपर्यो । पर्यटकलाई पनि सहजीकरण हुने उपाय खोज्नुपर्यो सरकारले ।’ नेपालमा एमडीएमएसका कारण फोन नचले विदेशी पर्यटकहरुले रोमिङ चलाउने भएकाले उनीहरुको धेरै खर्च हुने शाहले बताए । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले नेपाल आएका पर्यटकले आफ्नो परिचयपत्र राखेर सिमकार्ड लिएर फोन चलाउन पाउनुपर्ने बताए । आफूहरुले यही कुरा पहिलेदेखि भन्दै आए पनि अहिले एमडीएमएसका नाममा झन्झट थप्ने काम भएको उनले बताए । 

थापाले भने, ‘कति पय पर्यटकहरु पदयात्रामा जाने हुन्छन्क । ति पर्यटकहरु दुगम ठाउँमा जाने हुन्छन् । उनीहरुलाई आपतकालिन उद्दारदेखि ट्राकिङको लागि पनि फोनले सहयोग गर्छ । सरकारले एमडीएमएस लागू उनीहरुलाई झन्झट भएको छ । पर्यटकको हकमा यो सिस्टम लागू नगर्दा पनि हुन्छ । गर्ने भए पनि सिमकार्ड किन्दा नै उनीहरुको परिचयपत्रलाई आधार मानेर यो प्रणाली लागू गर्यो भने हुन्छ ।’

यद्यपि उनले आफ्ना क्लाइन्ट (पर्यटक)बाट अहिलेसम्म यससम्वन्धी गुनासो भने नआएको बताए । थापाले भोलिका दिनमा गुनासो नआउला भन्न सकिन्न भन्दै कुनै समस्या सिजना हुनुअघि नै त्यसको समाधान गर्न सके राम्रो हुने बताए । 

एमडीएमएस लागू भएपछि पर्यटकले यहाँको सिमकार्ड राखेर मोवाइल चलाउँदा पहिला एमडीएमएसमा दर्ता गर्नुपर्ने हुन्छ । यसरी दर्ता भएपछि पर्यटकले ल्याएको मोवाइलमा नै निश्चित समयसम्म फोन गर्न र इन्टरनेट प्रयोग गर्न सकिन्छ । दर्ता नभएमा सिमकार्डले काम गर्ने छैन् । 

Advertisement