धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन खाँण अदालत पुगे, स्वागत गर्न कांग्रेस कार्यकर्ता तयारीमा

Advertisement

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्ने प्रक्रिया पुर्याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपियाँको बैंक ग्यारेन्टी बुझाएका छन् । 

Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँडलाई छाडिने केन्द्रीय कारागारले जनाएको छ । यता उनलाई थुनामुक्त भएसँगै स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरु तयार भएर बसेका छन् । 

Advertisement

Advertisement