टिभिएस आईक्युब एक्सचेन्ज पोखरामा सुरु, पाँच दिनसम्म चल्ने

Advertisement

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेञ्ज अफरसहित हिजोबाट ब्रिकी वितरण पनि सुरु भएको हो ।

एक्सचेन्ज एक्ट्राभगान्जाको अवसरमा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपियासम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

त्यसैगरि जम्मा १ लाख ७ हजार रुपियाँ बराबरको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टिभिएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रालिले सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement