नाडामा चौधरी र गोल्छाले आलोपालो नेतृत्व गर्ने सहमति, साझा कार्यसमिति बनाउने प्रयास जारी

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था अटोमोबाइल एशोसिएशन अफ नेपालमा व्यवसायी करण चौधरी र आकाश गोल्छाबीच पालैपालो नेतृत्व गर्ने प्रारम्भिक सहमति भएको छ । 

कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुरामा छलफल जारी रहेको । आज मंगलबार साँझ ५ बजे नेतृत्व कस्ले पहिला गर्ने र कार्यसमिति कसरी चयन गर्ने भनेर छलफल हुँदैछ । नाडाका अध्यक्ष ध्रुव थापाले सहमति कायम गर्न आफू नै लागेको बताउदै कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुराको टुंगो लगाउन दावेदारहरु दुवैलाई छोडिदिएको बताए । 

Advertisement

नाडाका अर्का एक व्यवसायीले भने यसअघि पनि अध्यक्षका प्रत्यासी रहेका करणलाई पहिलो कार्यकाल नेतृत्व गर्न दिने र अर्को कार्यकाल आकाशलाई गर्न दिनेगरी प्रारम्भिक सहमति भइसकेको र संभवतः यो सहमति नै अन्तिम हुने बताए । 

नाडामा सकेसम्म चुनाव हुन नदिन केही पूर्वअध्यक्ष र नाडाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु नै लागेका छन् । चुनावी प्रक्रिया सुरु भइसकेको नाडाको चुनाव भने पुस २० र २१ गते हुँदैछ । यसअघि झिनो मतान्तरले पराजित भएका चौधरी यस पटक जसरी पनि अध्यक्ष हुने प्रयासमा छन् भने गोल्छालाई अध्यक्ष बनाउन वर्तमान अध्यक्ष ध्रुव थापा, कार्यसमिति सदस्य निराकार श्रेष्ठ लागिपरेका छन् । 

Advertisement

Advertisement