ग्रेट वाल मोटर्सको वीन्टर अफरः दि लक्सरी ड्राईभ र गियर अपमा यस्ता छन् सुबिधा

Advertisement

काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जिडब्लुएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जिडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

Advertisement

साथै जिडब्लुएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जिडब्लुएमका प्रिमियम एसयूभी हरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका  साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जिडब्लुएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

Advertisement

Advertisement