छानबिन सक्नासाथ एनसेलमाथि आवश्यक कारवाही हुन्छः मन्त्री शर्मा

Advertisement

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार कम्पनी एनसेलको शेयर बिक्रीसम्वन्धी विवादमा छानविन सक्नासाथै उसमाथि आवश्यक कारवाही हुने बताएकी छन् । 

बिहीबार संसदको शिक्षासमितिमा आयोजित कार्यक्रममा उनले शेयर खरीद बिक्रीमा गैरकानुनी काम भएको छ भने कारवाही हुने बताएकी हुन् । गैरकानुनी काम भएको भए कारबाही गर्नेगरी पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको बताउँदै शर्माले उक्त समितिले अहिले काम गरिरहेको जानकारी दिइन् । 

Advertisement

उनले भनिन्, ‘कानुनबमोजिम काम भएका छैन भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो । अहिले अध्ययन भइरहेको हुनाले के हुनेवाला छ ? भन्न छिटो होला ।’

समितिलाई छानविन गर्न ३० दिन दिएको र समितिले समयमै कामसक्ने भन्दै मन्त्री शर्माले समितिको प्रतिवेदन आउनासाथै आवश्वक निर्णय गर्ने बताइन् । एनसेलको मलेसियन लगानीकर्ता आजियटाले एनसेलको होल्डिङ कम्पनी रेनोल्ड होल्डिङ्सको ८० प्रतिशत शेयर जम्मा ५० मिलियन अमेरिकी डलरमा नेपालीले नै खडा गरेको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि विवाद भइरहेको छ । लाभकर छल्न र कम्पनीको लाइसेन्स अवधि सक्किएपछि यसको स्वामित्व सरकारलाई हस्तान्तरण नगर्न यस्तो गरिएको हुनसक्ने आशंका गरिएको छ ।

Advertisement