डीएभी कलेजले अहिलेसम्मकै ठूलो धनराशीको फुटसल प्रतियोगिता गर्ने

Advertisement

काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्न भन्दै ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । 

यही आउँदो माघ १३ गते हुने यो प्रतियोगिता कलेज कै आफ्नो फुटसल मैदानमा सञ्चालन हुने डीएभीका प्रिन्सिपल सुमन बस्नेतले बताए । देशकै सर्वाधिक धनराशीको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

Advertisement

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने छ । प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने कलेजले बताएको छ । 

Advertisement

Advertisement