‘हुुण्डाई न्यूइयर डिलाइट’ योजनामा ५ लाखसम्म छुट पाइने

Advertisement

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुुण्डाई न्यूइयर डिलाइट २०२४’  योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही पुस १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ। 

यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु. ५०, ००० सम्मको गो–ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा रु. ५,००,००० सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।  यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन् ।

Advertisement

सबै हुन्डाई  आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी, तथा ईभी गाडी खरिद गरि फाईदा लिन सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 
 

Advertisement

Advertisement