नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने भन्दै क्यानद्धारा बार्षिक क्यालेण्डर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्यअनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै केही प्रश्तावित अन्तर्राष्ट्रिय प्रतिष्पर्धासहित वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । क्यानले यसअघि आयोजना हुँदै आएको प्रतियोगितालाई व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय प्रतिष्पर्धा सहभागिताका साथै केही नयाँ योजनासहित वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । 

Advertisement

क्यानको पहिलो बोर्ड बैठकअनुरूप नै वार्षिक क्यालेण्डर तयार पारिएको हो । क्यानका उपाध्यक्ष रोशन सिंहले यसै जनवरीदेखि आगामी डिसेम्बरसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी दिए । 

महिला र पुरुषको सिनियर राष्ट्रिय टोली, उमेरसमूह र विभिन्न घरेलु प्रतियोगिता समट्दै क्यानले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । केही प्रस्तावित योजनासहित क्यानले राष्ट्रिय टोली बलियो बनाउन नेपाल ‘ए’, युवा टोली र विभिन्न उमेरसमूहका प्रतियोगितालाई प्राथमिकता राख्ने उल्लेख गरेको छ । क्यानका सचिव पारस खड्काले आगामी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सकिए लगत्तै ‘ए’ टिम बनाउने बताउनुभएको छ ।

यसअघि हुँदै आएका प्रतियोगिता र केही नयाँ कार्यक्रम समेट्दै क्यानले नेपाली क्रिकेटमा लगानीकर्ताको चासो समेत बढाउने आशा व्यक्त गरेको छ । क्यानका सचिव पारस खड्काले घरेलु मैदानमा जतिसक्दो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसके आय पनि बढ्ने उल्लेख गर्नुभयो । क्यानका सचिव खड्काले टेस्ट राष्ट्रलाई देशमा ल्याउन एक ढेड वर्ष अगाडि नै तयारी गर्नुपर्ने भएकाले उच्चस्तरको टोलीसँग घरेलु मैदानमा खेल्न समय लाग्ने धारणा राखे । 

साथै उनले आफ्ना कार्यक्रम सम्पन्न गर्न सरकार र नीजि क्षेत्रको सहयोग लिने विश्वास व्यक्त गरिन् । क्यानले उमेर समूहमा ट्यालेन्ट हन्ट गर्ने योजनासमेत आफ्नो कार्यक्रममा उल्लेख गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टोलीमा पर्नसक्ने र केही युवा खेलाडी सम्मिलित ‘ए’ टोली बनाउने योजना रहेको बताए । क्यानका सचिव खड्काले महिला क्रिकेटका लागि कुनै विदेशी टोली नेपालमा बोलाएर खेलाउने तयारी पनि भइरहेको बताए । 

क्यानले मेमा सिनियर टोलीको हाइ पर्फमेन्स क्याम्पका लागि वेस्ट इण्डिज पठाउने, जुलाईमा नेपाली पुरुष टोलीको युके टुर गराउने र डिसेम्बरमा फस्र्ट क्लास क्रिकेट गर्ने जस्ता प्रश्ताव अघि सारेको छ । साथै पहिलो पटक विभागी डर्बी गर्ने पनि क्यानले उल्लेख गरेको छ । नेपालमा अफ सिजन रहँदा क्यानले विदेशी भुमिमा केही अभ्यास खेल खेल्ने प्रश्ताव अगाडि सारेको छ । सचिव खड्काले जुनदेखि अगस्टसम्म इङ्ल्याण्डको काउन्ट टिमसँग खेल्ने प्रश्ताव गरिएको बताए । 

क्यानले सन् २०२७ मा यु–१९ महिला विश्वकपको सहआयोजना गर्दैछ । त्यसका लागि क्यानले तीन वर्षको योजना ल्याउने भएको छ । अहिले देखि योजना बनाएर अगाडि बढ्ने र आपैmँले विश्वकप आयोजना गर्ने भएकाले एशिया क्वालिफायरमा छनोट गर्ने उद्देश्यसहित काम गर्ने क्यानका सचिव खड्काको विश्वास छ ।  

क्यालेण्डरअनुसार नेपालले अगामी महिना नै क्यानडासँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्नेछ । तीन खेलको श्रृंखला माघ २६ देखि फागुन दुई गतेसम्म नेपालमै हुने भएको छ । फेब्रुअरी २७ देखी ५ मार्चसम्म नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० श्रृंखला पनि आयोजना गर्नेछ ।

मार्च ६ देखि १२ सम्म भने नेपालले चार देश सम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखला पनि खेल्ने योजना बनाएको छ । मार्च १९ देखि ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्याण्ड ‘ए’ बीच पाँच एकदिवसीय र तीन ट्वान्टी २० खेलको श्रृंखला हुनेछ । सेप्टेम्बरमा घरेलु टोली क्यानडा, ओमान र नेपालबीच त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ । अक्टोबरमा नेपालले घरेलु टोली अमेरिका र स्कटल्यान्ण्सँग त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला खेल्नेछ ।

क्यानका सचिव पारस खड्काले फ्रेन्चाइज प्रतिष्पर्धा नेपाल प्रिमियर लिग क्यानले सञ्चालन गर्ने उल्लेख गर्दै त्यसका लागि क्यानको बोर्डले थप निर्णय लिने बताए । सो आयोजना नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म गरिने क्यालेण्डरमा उल्लेख छ । क्यानले वार्षिक क्यालेण्डरलाई पूर्णता दिन सरकार, आइसिसी र निजी क्षेत्रबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेको छ । 

Advertisement

Advertisement