जाडो मौसममा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री  सर्भिस क्याम्प हुँदै

Advertisement

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४  देखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । 

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी हुन्छ,  सुजुकी ग्राहकलाई  यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ । 

Advertisement

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै  ग्राहकहरुले  लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सकिने छ । 

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट, पाट्र्स र एसोसरिजमा १० प्रतिशत र लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने छन् ।  

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग ठूलो सर्भिस सञ्जाल छ ।
 

Advertisement

Advertisement