नेपाल ल्यूव आयलको साधारण सभाबाट ३० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधरण सभाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

Advertisement

सभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा अध्यक्ष चौधरीले भने, ‘देश  र बजारको हालको अवस्था निकै नै गम्भीर छ, यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र  संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।  नेपाल ल्युब आयल लिमिटेड यही विचारधारामा आगाडि बढिरहेको छ ।’  

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ ।
 

Advertisement

Advertisement