पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै

Advertisement

सर्लाही । बुधबार काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही पुर्याएको छ । उनलाई आजै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।  

विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधवार राति प्रहरीले सर्लाही लगेको हो । बमजनलाई विमानमार्फत लग्ने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले राति नै सडकमार्ग हुँदै सर्लाही लगिएको हो । 

Advertisement

उनी अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा छन् । पाँच वर्षदेखि फरार रहेका बम्जनलाई मंगलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो । 

त्उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बमजनको जीवनशैली अपत्यारिलो छ । बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

 

Advertisement

Advertisement