ललितपुरका यी स्थानमा आज ६ घण्टा विद्युत् कटौती हुने

Advertisement

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गतका केही स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति कटौती हुनेमा गोदावरी नगरपालिकाका वडा नम्बर ५, ६, ११, १२ र १३ रहेका छन् । लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीमा पनि आज विद्युत् आपूर्ति हुने छैन । 

Advertisement

चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्नु पर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको बताइएको छ । 
 

Advertisement