सुन तस्करी र अवैध क्रिप्टो कारोबारः व्यावसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर भएको छ । 

व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाउँदे सरकारी वकिलको कार्यालयले राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता गरेको हो ।

Advertisement

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपियाँ विगो माग गरिएको छ ।

सीआईबीले गत मंसिर ६ मा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवामा संलग्न रहेको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेपछि हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको ठूलो नेटवर्क फेला परेको थियो । 

अमेरिका बसेर क्रिप्टो कारोबार गर्दै आएका उनै रुपेशसँग मिलेर व्यवसायी पोद्दारले कारोबार गर्ने गरेको पाइएको हो । पोद्दार  कालिकास्थापनमा सिल्भर सिटी अपार्टमेन्टका सञ्चालक पनि हुन् जसमा व्यवसायी दीपक मल्होत्राको पनि लगानी छ । यद्यपि मल्होत्रा क्रिप्टो कारोबार र अनलाइन जुवामा संलग्न रहेको कुरा भने पाइएको छैन् । यस कारोबारमा रुपेका भाई दिपेश पनि संलग्न रहेको प्रहरीले औंल्याएको छ । 

यस मुद्दामा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडाका साथै, फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । 

Advertisement

Advertisement