सर्वोच्चका कारण हजारौं ‘माउन्टेन गाइड’हरूको पेशा अन्योलमा

Advertisement

काठमाडौं । सर्वोच्च अदालतका कारण चार हजारभन्दा बढी ‘माउन्टेन गाइड’हरूको पेशा अन्योलमा परेको छ । पर्यटन विभागद्धारा जारी माउन्टेड गाइड (हिमाली पथप्रदर्शक)को परिचयपत्रसम्वन्धमा जारी आदेशले गर्दा उनीहरुको पेशासँगै  रोजीरोटीसमेत संकटमा परेको हो । 

विदेशमा तालिम लिएर तथा पढेर आएका माउन्टेन गाइडले विभागबाट परिचयपत्र पाएका गाइडविरुद्ध मुद्दा हालिएपछि सर्वोच्चले यस्तो परिचयपत्र वितरण रोक्न अन्तरिम आदेश जारी गरेको थियो । यस्तो आदेश जारी गरेको तीन बर्ष भइसक्दा पनि सर्वोच्चले कुनै फैसला नगर्दा विभागबाट परिचयपत्र पाएका गाइडहरुले आफ्नो परिचयपत्र नवीकरण गर्न तथा लामो समयदेखि नेपालमै गाइडको तालिम लिएर सोही काम गर्दै आएकाहरुलाई नयाँ परिचयपत्र लिन पाएका छैनन् । 

Advertisement

विभागले यस्ता गाइडहरुलाई २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरू गरेको थियो । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पालाई पहिलो पटक माउन्टेन गाइडको परिचयपत्र दिएको थियो । यस्तो परिचयपत्र पाउने जम्मा १२० जना मात्रै छन् । चार हजारभन्दा बढी अनुभवी र तालिम प्राप्त गाइडहरुलाई विभागले परिचयपत्र दिन नपाउँदै अर्को पक्षले मुद्दा हालेर रोकिदिएका थिए । 

गाइड पेशामा अनुभवबाट पोख्त बनेका कामिरितासहितका गाइडहरुलाई विदेशमा पढेर प्रमाणपत्र लिएर आएकाहरुले चुनौति दिँदै परिचयपत्र दिन र नवीकरण गर्न रोकेपछि हिमाल आरोहण अभियान नै प्रभावित हुने हो कि ? भन्ने चिन्ता बढेको छ । यसरी पढेर आउने गाइड ७१  जना मात्रै छन् । 

बाहिरबाट पढेर आएकाहरु ‘इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसन’सँग आवद्ध छन् भने विभागबाट परिचयपत्र पाएका तथा नपाएका गाइडहरु नेपाली माउन्टेन गाइडमा आवद्ध छन् । दुवै संगठनबीच आरोपप्रत्यारोप र विवाद हुँदै आएको छ । पर्वतारोहणसम्बन्धी तालिम दिने नेपालको एक मात्र संस्था नेपाल पर्वतारोहण संघको सिफारिस अनुसार १२० जनाले परिचय–पत्र पाएका थिए । रातो बुक भएका विदेशमा पढेका ७१ जनामध्ये  ४३ जना गाइडले विभागले आफूहरु जसरी नपढेकाहरुलाई परिचयपत्र दिन नहुने भन्दै विभागको विरोध गर्दै आएका थिए । यस्तो परिचय–पत्र रोक्न माग गर्दै उनीहरुले २०७७ चैत ८ गते सर्वोच्च अदालतमा रिट हालेको थिए । भोलिपल्ट चैत ९ गते सर्वोच्चले अन्तरिम आदेश दिँदै परिचपपत्र दिन रोकेको थियो । सोही आदेशका कारण परिचपपत्र नवीकरण हुने हो वा होइन् भन्ने अन्योलता बढेर गएको छ । यस्तो परिचयनपत्रको अवधि पाँच बर्षको हुन्छ । पाँच बर्षपछि नवीकरण गर्नुपर्ने नियम छ । 

मुद्दाको पेशी कहिले सर्वोच्चको कारण सर्ने, कहिले रिट निवेदक पक्षले सार्ने गर्दै तीन बर्ष पुर्याएको भन्दै पीडित पक्षले यसले गर्दा आफूहरुलाई काम गर्न र पेशागत भविश्यमा अन्योलताको स्थिति सिर्जना भएको नेपाल पर्वतीय पथप्रदर्शक संघ (मोगान)का संस्थापक अध्यक्ष सञ्जीव गुरुङले बताए । लामो अनुभव हासिल गरेका र तालिमसमेत लिएर गाइडको काम गर्दै आएकाहरुले पाउनुपर्ने परिचय–पत्रमा पनि सरकारको स्पष्ट कानुनी व्यवस्था नगरेर अन्योलमा राख्ने काम गरेको बताउँदै यसबाट ११ हजार माउन्टेन गाइडहरु पाउनुपर्ने हकअधिकारबाट बन्चित भएको बताए । 

गुरुङले भने, ‘मुद्दा बहस नै हुँदैन । कहिले के कहिले के भनेर रोक्ने काम हुँदै आएको छ । हिमालमा विभिन्न देशका विदेशी तथा नेपाली आरोहीहरुलाई हिमालको चुचुरोसम्म सफलतापूर्वक पुर्याई विभिन्न कीर्तिमान राख्न सफल बनाएका माउन्टेन गाइडहरु नै यसरी मुद्दाको सुनुवाइ पख्दिा पख्र्दिै र लाइसेन्स लिने बारे सोज्दा सोज्र्दै समय खेरा गइरहेको छ । माउन्टेन गाइडको लाइसेन्स लिर्न गाइडहरुले कति दुःख, संघर्ष गरेका हुन्छन् । उनीहरुले पाउनु पर्ने हक सरकारले दिनुपर्यो । यस तर्फा सरकारको ध्यान नगएको र त्यस तर्फा छिटो ध्यान जाऔ, मुद्दा बहसमा आओस भन्ने हो ।’ 

त्यही हिमालमा काम गर्ने गाइडहरुले पटक पटक विश्व कीर्तिमानी राखेका छन् भने विश्व बजारमा नेपाललाई चिनाएका पनि छन् । उनीहरुले हासिल गरेको अनुभव र संघर्षले गर्दा विदेशीहरु नेपालमा हिमाल आरोहण गर्न आइरहेको बताउँदै गुरुङले भने, ‘हामी केही दिनअघि मात्र सर्वोच्च अदालतमा गएका थियौं । मुद्दाको सुनुवाइ हुन्छ कि ? भनेर कुर्यौं । तर पालै आएन भनियो । अब मुद्दा कहिले टुंगो लाग्ने ? कहिले अन्योलता हट्ने ?’

पर्यटन क्षेत्रका मजदुर र गाइडको अर्को संगठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) र मोगानमा आवद्ध हजारौं पर्यटन मजदुरको रोजीरोटी गुम्ने अवस्था अहिले सिर्जना भएको भन्दै गुरुङले यसको निकास चाँडै खोज्नुपर्ने बताए । 

राजधानीमा आयोजित एक कार्यक्रममा कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले भनेका थिए, ‘अहिले केही मानिसले हामीविरुद्ध मुद्दा हालेका छन् । के माउन्टेन क्लाइम्वर र सहयोगी बिना अन्तर्राष्ट्रिय माउन्टेन गाइडले मात्र हिमाल चढ्न सक्छन् ?’ आफूहरुलाइसेन्स दिइएन हिमाल आयोहणमा प्रयोग हुने हतियार लिएर सडकमा उत्रिने उनले चेतावनी दिएका थिए । शेर्पाले वर्षेनी हिमाल चढ्ने रूट खोल्ने, आइस फलमा डोरी टाँग्ने, आरोहणका लागि बाटो बनाउने सबै काम आफूहरुले नै गर्दै आएको बताएका थिए । 

नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले भने आईएफएमजीए गाइडको विरोध भने ‘माउन्टेन  गाइड’ शब्दमा मात्रै भएको बताए । ‘क्लाइम्बिङ गाइड’ लेखेर परिचयपत्र वितरण गरेको भए आफूहरुलाई आपत्ति हुने थिएन् भन्दै उनले आईएफएमजीए गाइड विदेशको उत्पादन नभई नेपालकै उत्पादन भएको तर मान्यता मात्रै आइएफएमजीएबाट भएको तर्क गरे ।

शेर्पाले पर्वतीय पर्यटनको तालिम दिने संस्था नेपाल पर्वतारोहण संघ एउटा मात्रै नभएको दावी पनि गरे । उनले नेपाल नेसनल माउन्टेन गाइड एशोसियसन र नेपाल माउन्टेनरिङ इन्स्ट्रक्टर एशोसियनले पनि यस्तो तालिम दिने गरेको बताए । नेपाल पर्वतारोहण संघले चार बर्षदेखि यस्तो तालिम नदिएको पनि शेर्पाको भनाई छ ।

उनले भने, ‘अन्तर्राष्ट्रिय प्रयोगहरुलाई पनि हेर्नुपर्छ । विश्वले कसरी हेर्छ ? त्यो पनि हेर्नुपर्छ । पर्यटकले पनि बुझ्छ । आईएफएमजीए  मान्यता प्राप्त एक अधिकारिक संस्था हो । यो संस्था विगत दुई दशकदेखि जनशक्ति उत्पादनमा कार्यरत संस्था पनि हो ।’ 

Advertisement