बाढीले क्षति पुर्याएको अरुण काबेलीको आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु

Advertisement

काठमाडौं । अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाबाट पुनः विद्युत् उत्पादनको काम सुरु भएको छ ।

कम्पनीको आयोजनामा २०८० जेठ ३२ गते आएको बाढीले क्षति पुर्याएको थियो । 

Advertisement

मर्मत सम्भारपछि बुधबारबाट आयोजना पूर्ण सञ्चालनमा आई पुनः विद्युत् उत्पादन सुरु भएको कम्पनीले जनाएको छ । 

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।  
 

Advertisement

Advertisement