राजीनामा दिएर बाहिरिने क्रममा प्रभु महालक्ष्मीका सीईओद्धारा अरु १० जनालाई भीआरएस सुविधा

Advertisement

काठमाडौं । सञ्चालक समितिले स्पष्टीकरण सोधेसँगै राजीनामा दिएर बाहिरिने क्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) रमेश भट्टराईले कम्पनीका वरिष्ठ १० जना कर्मचारीहरुलाई समेत अवकाश दिलाउने व्यवस्था गराएका छन् । 

उनले आफू बाहिरिँदै गर्दा उनीहरुलाई समेत भीआरएस (विशेष सुविधासहित स्वयेच्छिक अवकाश) दिएर गर्न स्वीकृति दिएका हुन् । मर्जरमा गएसँगै कर्मचारी धेरै भएर सञ्चालन खर्च अधिक भएको तर व्यापार बढ्न नसकेको भन्दै सञ्चालक समितिले सीईओ भट्टराईलाई दबाब दिँदै आएको थियो । तर कर्मचारी निष्काशन गर्न नेपाल बीमा प्राधिकरणले रोक लगाएकाले भट्टराई दबाबमा परेका थिए । 

Advertisement

विभिन्न विषयलाई लिएर सीईओ भट्टराई र सञ्चालकहरुबीच मनमुटाव बढ्दै गएको सन्दर्भमा उनलाई स्पष्टीकरण सोध्ने काम भएको थियो । खर्च कटौती गर्ने सञ्चालकहरुको इच्छा पूरा गर्न भट्टराईले केही उच्च तहका कर्मचारीहरुलाई लक्षित गरेर भीआरएस निकालेका थिए । 

यस योजनामा सहभागी हुन कम्पनीले १५ दिनको म्याद राखेको छ । त्यस्तै, माथिल्लो तहमा एक वर्षभन्दा बढि काम गरेकाले यस योजनामा आवेदन दिन सक्नेछन् जसमा ७ महिनादेखि २४ महिनासम्मको सुविधा दिएर सेवाबाट अवकाश लिन सकिने छ । 

वर्षको ३ महिना सुविधा दिनेगरी भीआरएस दिन लागिएको हो । कम्पनी स्थापना भएको ६ वर्ष पुगेको हुँदा अधिकतम् १८ महिनाको सुविधा पाउने व्यवस्था गरिएको छ । सीईओ भट्टराईलाई आफू निस्किने क्रममा आफूनिकट कर्मचारीहरुलाई विशेष सुविधा दिएर जागिर छोडाउन लागेको आरोप लागेको छ । 

Advertisement