हुण्डी कारोबार गर्नेहरु रु. ३० लाखसहित प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको भन्दै दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट रु. ३० लाख १८ हजार नगद, दुई थान ल्याबटप, पाँच थान मोवाइल, पनि बरामद गरेको जनाएको छ । 


प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले राजधानीको अनामनगरबाट युवराज प्रसाइँलाई र बौद्ध नयाँ बस्तीबाट विश्वास राईलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement