खुम्बु ल्होसार कप फुटबल माघ २९ देखि हुने, आठ टिमले प्रतिष्पर्धा गर्ने

Advertisement

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ माघ २९ गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको यो १४औं संस्करण हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४औं ‘खुम्बु ल्होसार कप’ आयोजनक समितिको संयोजक मिङमा शेर्पाले यही माघ २९ गतेदेखि १४औं ‘खुम्बु ल्होसार कप’ को सुरु हुन गइरहेको जानकारी दिए । शेर्पा समुदायको चाड ल्होसार -नयाँ वर्ष_ पारेर विगत १३ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

Advertisement

सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाबीच हुने यस खेलको उद्देश्य शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु रहेको आयोजकको भनाई छ । 

कोशी प्रदेश सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको खुम्बु पासाङल्हामु गापाबाट रोजगारीको सिलसिला तथा आफ्नो उच्च शिक्षाको लागि काठमाडौंमा छरिएर रहेको खुम्बुjfसीहरुलाई एकीकृत गराउने र सो क्षेत्रको युवाहरुको प्रतिभा प्रदर्शन तथा प्रस्फुटन गर्ने मुख्य उद्देश्यको साथ सन् २०१० मा खुम्बु क्षेत्रको एक मात्र बिद्यार्थीहरुको छाता संगठन शेर्वी योदेन छोक्पाले शेर्पाहरुको महान पर्व ल्होसारको पवन अवसरमा खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता सुरुवात गरेको आयोजकले जनाएको छ । 

यस प्रतियोगिताको १४ औं संस्करणको आयोजना ठमिचो क्षेत्रको दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा सd"हले संयुक्त रुपमा गर्ने छ । 

डमीछो फुटबल टिम, नाम्चे युवा समूह, खुम्जुङ युवा क्लब, आमाडब्लम युवा क्लब, खुन्दे कम्युनिटी क्लब, महेन्द्र ज्योती भू.पु बिद्यार्थी मंच, खुम्बु यम्बु शेर्पा समाज र खुम्बु भेटेरेन्सले सहभागी जनाउने छन् ।

वर्ष २१५१ औ डुक्लो अर्थात ड्रैगन वर्षको ल्होसार पर्वको अवसरमा आयोजना हुने यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुlkofF, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । 

जम्मा १६ ओटा खेलहरु हुने सो प्रतियोगिताको प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द म्याचले नगद तिन हजार रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई क्रमशः उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर र नव उदायमान खेलाडी आदि विधाहरुमा नगद पुरस्कारको साथ प्रमाण–पत्र र ट्रफी प्रदान गर्नेछ . प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई पनि नगद पुरस्कारको साथ ट्रफी र मेडल प्रदान गर्नेछ । 

लिग कम नकआउट cfwf/df प्रतियोगितामा दैनिक २ ओटा खेलहरु खेलिन आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन माघ २९ गते र समापन समारोह फागुन ७ गते सानो गौचरन फुटवल ग्राउण्डमा हुनेछ ।
 

Advertisement

Advertisement