काठमाडौं । आइतबार (आज) देखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । यसअघि दैनिक चार घण्टा गाडी रोकेर तुइन खोलामा पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।
यसका लागि केही महिनाअघिदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो ।
भित्तो काटिने काम अन्तिम चरणमा पुगेकाले सवारीसाधन आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्ड०का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।