बझाङ र इलाममा बैशाख १५ गते उपनिर्वाचन हुने

Advertisement

काठमाडौं । बझाङ र इलाममा उपनिर्वाचन हुने भएको छ । संघीय सासंदको निधन भएपछि उपनिर्वाचनको मिति तय भएको हो । 

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट स्वर्गिय सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले सो स्थानमा उपनिर्वाचनको मिति तोकेको हो । 

Advertisement

यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिहंको निधन भएपछि सो स्थानमा पनि निर्वाचन मिति तोकिएको हो । कानुन अनुसार कुनै पनि निर्वाचित सदस्यको निधन भएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नु पर्ने व्यावस्था रहेको छ । 

undefined

Advertisement

Advertisement