संदीपको बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड-लक’ सुरु, नेदरल्याण्ड्ससँग पनि पराजित

Advertisement

काठमाडौं । लोकप्रिय खेलाडी संदीप लामिछानेको टिमबाट बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड–लक’ सुरु भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स भएको खेलमा नेपाल पुनः पराजित भएको छ । 

दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

Advertisement

नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । त्यसअघि ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्याएका थिए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल भेट्टाउन सकेनन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

यसअघि त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेपालको पछिल्लो क्रिकेट खेल नेपालका लागि त्यति उत्साहजनक हुन सकेका छैनन् । 

Advertisement