सत्तारुढ गठबन्धन खरानीको डल्लो हो, सुक्यो भने पनि फुटछ, भिज्यो भने पनि फुट्छः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्नसक्ने बताएका छन् । 

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनगर विमानस्थलमा ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए । 

Advertisement

सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गर्दै उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए । काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

नेता ओलीले भने, ‘नेकपा एमालेसँग मेजोरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन्, पहिलेदेखि पनि । गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि । काँग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? काँग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ काँग्रेस ।’

Advertisement

Advertisement