आफ्नै साँसदलाई ओलीको भने, ‘विश्वासको मत नदिए अल्पमतको सरकार बन्छ, देश दुर्घटनामा जान्छ’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका साँसदहरुलाई दिल खोलेर विश्वासको मत दिन आग्रह गर्दै नदिए अल्पमतको सरकार बन्ने चेतावनी दिएका छन् । 

पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठवन्धन सरकारले भोलि बुधबार विश्वासको मत लिँदैछ । मंगलबार आफ्नो संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको जिकिर पनि गरे । 

Advertisement

उनले भने, ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ । तर, अहिले एकदम राम्रो काम गर्नुभयो । एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गर्नुभयो । अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’

नेता ओलीले यदि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने बताए । उनले भने, ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ । यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’

अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको भनाई छ । ओलीले सरकारको आलोचना नगर्न आफ्ना सांसदहरुलाई निर्देशन पनि दिए । सरकारको बारेमा कुनै आलोचना गर्नुपर्यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिने उनको भनाई छ । 

नेता ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताए । कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रसंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको उनले बताए । 

ओलीले भने, ‘म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ । तर चिज अर्कै भइदिन्छ । कहिले कहिले मान्छे हिँड्दाहिँड्दै तराईतिर खासगरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसंग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन । डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ । त्यसकारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पथ्र्योंं । झस्किनु पथ्र्यो । झस्केको ठिक छ । तर सर्प भनेर त्यतिखेर भनेपनि त्यो नहुन सक्छ ।’ 

उनले थपे, ‘त्यसकारण प्याट्टप्याट्ट बोलिहाल्दा खेरी कहिले कहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ । हामी छलफल गर्नसक्छौ । कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ । त्यो म साथीहरुलाई आग्रह गर्न चाहन्छु । भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्नेछ । पहिलेपहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ, ठूल्ठूला गल्ती । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ । कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर एक डेढ वर्षमा पदमा बसिरहनु, चल्नु मात्रै होइन । देश अपm्ठयारोमा प¥यो भनेर रिअलाईजेशन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ । त्यसकारण त्यस कदमलाई इतिहासतिर मात्रै हेरेर हुँदैन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम । त्यसकारण मैले अघि नै भने–प्रधानमन्त्री कदम यो गठबन्धन त्याग गर्ने र नयाँ देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखि यस्तो नयाँ समिकरण निर्माण गर्ने पहल जुन गर्नु भयो, यो स्वागतयोग्य कुरा हो ।’

Advertisement