राष्ट्र बैंकमा रोजगारीको अवसर, मासिक तलब सवा लाखभन्दा बढी (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।  

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्नेछ । 

सेवाअवधि एक वर्षको हुनेछ भने कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । 

दरखास्त चैत १३ गतेसम्म दिन सकिनेछ । छनोट भएका व्यक्तिको तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ । 

undefined

Advertisement

Advertisement