सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ३५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव भरत केसीले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिधरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement