रिडी पावरको हकप्रद शेयर बाँडफाँट, अवितरित ११ लाख कित्ता लिलामी बिक्री गर्ने

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपियाँबराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

Advertisement

यसमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका थिए । सोहीअनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।

त्यस्तै, कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १०० रुपियाँ तोकिएको शेयरमा लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ, बुटवल, घोराही–दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने बताइएको छ । 

Advertisement

Advertisement