मुकुन्द पौडेलको अर्को साहित्यिक कृति ‘मन मूर्च्छना’ सार्वजनिक

Advertisement

काठमाडौं । कवि एवं मुक्तककार मुकुन्द पौडेलको चौंथो साहित्यक कृति ‘मन मूर्च्छना’ सार्वजनिक भएको छ । 

शुक्रबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा. गौरिशंकर लाल दासले विमोचन गरे । कुल ३४८ वटा मुक्तक संग्रहको यो पुस्तकको मूल्य रु. तीन सय रहेको छ । 

Advertisement

कार्यक्रममा पूर्वमन्त्री एव साहित्यकार एसपी कोइराला, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मुक्त प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार धनेन्द्र ओझा, केदार खनाल, रमेश पौडेल आदिले पौडेलको नयाँ कृति र साहित्यक यात्राको बारेमा चर्चा एवं टिप्पणी गरेका थिए । गीतहरु समेत लेख्दै आएका पौडेलका थुप्रै साँगीतिक भिडियोहरु पनि युट्युवमार्फत सार्वजनिक भएका छन् । 

Advertisement

Advertisement